ad ad

खेल


लिवानडोस्की भन्छन्ः बालुन डि’ओर अवार्ड म आफैंले आफैंलाई दिन्छु

लिवानडोस्की भन्छन्ः बालुन डि’ओर अवार्ड म आफैंले आफैंलाई दिन्छु

नेपालखबर
भदौ १३, २०७७ शनिबार १०:३३,

उनी युरोपियन च्याम्पियन्स लिग, बुन्डेस लिगा साथै डिएफबी पोकल कपको विजेता बने। त्यति मात्रै होइन उनी यी सबै प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहे।

उनको प्रदर्शन यसपटकको बालुन डि’ओर अवार्ड जित्न योग्य छ। फुटबल विश्लेषकहरुले पनि यसपटक लिवाडोस्की मात्र बालुन डि’ओर जित्न लायकको भएको बताउँछन्।

यद्यपी कोरोना भाइरसका कारण यसपटक यो अवार्ड प्रदान नगरिने भएको छ। जसका कारण लिवानडोस्कीले ठूलो घाटा व्यहोर्ने भएका छन्।

पहिलो बालुन डि’ओर अवार्ड जित्न योग्य भएर पनि उनले कोरोनाका कारण यो अवार्ड जित्न पाउनेछैनन्।

फ्रान्स फुटबलले यो अवार्ड स्थगित गरेको बताइसकेको छ। पोल्यान्डको एक खेल पत्रिका स्पोर्टओवी फ्याक्तेले लिवानडोस्कीसँग अन्तर्वार्ता गरेको छ जहाँ बालुन डि’ओर सम्बन्धी प्रश्न गरिएको छ।

लिवानडोस्कीका अनुसार उनी यसपटकको बालुन डि’ओर जित्न योग्य थिए।

पत्रिकासँग लिवानडोस्कीले भनेका छन्,‘बालुन डि’ओर अवार्ड म आफैंलाई प्रदान गर्छु। हामीले बायर्नबाट सबै उपाधि जित्यौं। बुन्डेस लिगा, जर्मन कप र च्याम्पियन्स लिगमा म सर्वाधिक गोलकर्ता थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .