ad ad

खेल


के छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा?

के छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा?

नेपालखबर
भदौ १०, २०७७ बुधबार १४:६,

लियोनल मेस्सीले आफूले क्लब छाड्ने इच्छा व्यक्त गर्दै पठाएको पत्र विभिन्न अनलाइनहरुले लिक गरेका छन।

मंगलबार मेस्सीले बार्सिलोनालाई आफ्नो बाहिरिने मार्गप्रशस्त गरिदिन भन्दै क्लबलाई पत्र पठाएका थिए। मेस्सीले बार्सिलोनालाई औपचारिक ट्रान्सफर अनुरोध पठाएका हुन।

उक्त पत्रमा भनिएको छ, 

म, लियोनल आन्द्रेस मेस्सी कुक्सिटिनी, अनुरोध गर्दछु कि तपाईंको महत्वपूर्ण क्लबसँग मैले गरेको व्यवसायिक सम्झौता २४ नम्बर दफाअनुसार रद्द गरिपाऊँ।’

‘व्यक्तिगत र व्यावसायिक समन्ध विकासका लागि मैले यो क्लबमा काम गरुन्जेल पाएको अवसरको सह्राहना गर्दछु।

क्लबमा रहँदाको सिकाइले मलाई मेरो प्राविधिक र मानवीय कदलाई एकत्रित गर्ने मौका मिल्यो, तर यो कठिन निर्णय लिइनुमा व्यक्तिगत कारणहरु छन्, जुन क्लबको व्यवस्थापनले राम्रो तरिकाबाट लिने आशा थियो।’

समाचारहरुका अनुसार मेस्सीले क्लब छाड्ने निर्णय गरेपनि उनको सम्झौतामा उल्लेखित एउटा क्लजका कारण भने अहिले बार्सिलोना र मेस्सीका प्रतिनिधिबीच घम्साघम्सी चलिरहेको छ।

मेस्सीले पठाएको पत्रमा फ्रि ट्रान्सफरमा आफूलाई क्लब छाड्न दिन अनुरोध गरिएको छ। तर बार्सिलोनाले भने फ्रि ट्रान्सफरमा जान दिने समय गत जुन महिना मै सकिएको जनाएको छ।

यदि मेस्सीले फ्रिमा बार्सिलोना छाड्न पाए भने उनका लागि प्रस्ताव गर्ने क्लब धेरै हुनेछन र मेस्सी छानेर नयाँ क्लबमा जान पाउनेछन। तर, यदि बार्सिलोनाले मेस्सीको ट्रान्सफर रकम तोक्यो भने केही क्लबमात्रै त्यो ब्यहोर्नसक्ने स्थिति हुनेछ। त्यसबेला मेस्सीले आफूले चाहेको क्लब नपाउन सक्छन।

अहिलेपनि बार्सिलोनासँग मेस्सीको सम्झौता २०२१ मे महिनासम्मको छ। तर गतवर्ष सेप्टेम्बरमा मेस्सी र क्लबबीच भएको एक सम्झौता अनुसार उनले हरेक सिजनको अन्त्यमा क्लब छाड्नसक्ने र मे ३१ भन्दा अगाडि जानकारी गराए फ्रि ट्रान्सफरमा उनी रिलिज हुने उल्लेख थियो।

मे ३१ भित्र यूरोपका लगभग सबै फुटबलको सिजन सकिसकेको हुन्छ। यसवर्ष भने कोरोना महामारीका कारण उक्त अवधिमा सिजन सकिएन।

अहिले मेस्सीले सिजनको अन्त्यमा आफूले फ्रि ट्रान्समा जान पाउनुपर्ने सम्झौता भएको र सिजन भर्खरै सकिएकाले फ्री ट्रान्सफरको हुनुपर्ने दाबी गरेका छन।

यता क्लबले भने कागजमा मे ३१ सम्म नै जानकारी गराउँनुपर्ने सम्झौतामा उल्लेख भएकाले फ्री ट्रान्सफरमा मेस्सीलाई छाड्न नसक्ने बताएको छ।

फुटबलमा कुनै क्लबले कुनै खेलाडी बेच्नका लागि ट्रान्सफर रकम(बाइकट क्लज) तोकेको हुन्छ। मेस्सीको सन्दर्भमा भने बार्सिलोनाले ७ सय मिलियन यूरो तोकेको छ। त्यसको मतलब यदि कुनै क्लबले उक्त रकम तीर्न तयार हुन्छन भने बार्सिलोनाले मेस्सीलाई बेच्न सक्छ।

बार्सिलोनाले मेस्सीलाई फ्रिमा पठाउँदा आफ्नो ७ सय मिलियन यूरो रकम गुम्ने भएकाले उनलाई फ्रिमा नपठाउँने योजनामा छ।

मेस्सीको फ्रिमा पठाउँने प्रस्ताव बार्सिलोनाले अस्वीकार गरेपनि उक्त रकम तिरेर म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन(पीएसजी) मेस्सीलाई भित्र्याउन आतुर रहेको खबरहरु सार्वजनिक भएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .