खेल


सीपीएल : सन्दीप सम्मिलित टोलीको लगातार दोस्रो हार

सीपीएल : सन्दीप सम्मिलित टोलीको लगातार दोस्रो हार

नेपालखबर
भदौ ७, २०७७ आइतबार १:४३,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ।

लगातारको हारसँगै जमैका अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ। १ खेलमा जित र २ मा हार भोगेको जमैकाको २ अंक छ। समान ३ खेल खेलेको गुयाना शीर्ष स्थानमा छ। २ खेलमा जित र १ मा हारर भोगेको गुयानाको ४ अंक छ।

१ खेल कम खेलेको ट्रिनबागो दोस्रो र बार्बाडोस चौथो स्थानमा छना्। ३ खेल खेलेको जुक्स तेस्रो स्थानमा रहँदा समान खेलबाट कुनै जित हात पार्न नसकेको प्याट्रियट्स अंक तालिकाको पुछारमा छ।

शनिबार राति भएको खेलमा जमैका गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको हो। सन्दीप लामिछानेको उत्कृष्ट बलिङ गरे पनि टोलीको हार टार्न सकेनन्। गएको २ खेलमा समान १ विकेट लिएका सन्दीपले शनिबार राति २ विकेट आफ्नो नाममा लेखाएका छन्।

नवौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो स्पेलमा ८ रन खर्चेर २ विकेट लिए। सन्दीपले ११औं ओभरको दोस्रो बलमा रदरफर्डलाई पेभेलियनको बाटो देखाएका थिए।

१५ औं ओभरको चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे। मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान २ विकेट लिए। आन्द्रे रसेलको नाममा एक विकेट रह्यो।

गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन मात्र बनाउन सक्यो। रसेलले अर्धशतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। त्यसअघि पहिले ब्याटिङ गरेकोे गुयानाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad