ad ad

खेल


च्याम्पियन्स लिगको नियम तोडेका नेमारले फाइनल खेल्न नपाउने चिन्ता!

च्याम्पियन्स लिगको नियम तोडेका नेमारले फाइनल खेल्न नपाउने चिन्ता!

नेपालखबर
भदौ ३, २०७७ बुधबार १०:३,

३–० गोल अन्तरको जित निकाल्दै पीएसजी फाइनलमा प्रवेश गरेता पनि यतिबेला पीएसजीका समर्थक चिन्तित बनेका छन्।

पीएसजीका स्टार नेमार जुनिएर फाइनल खेलमा उपलब्ध हुन्छन् या हुँदैनन् भन्ने चिन्ता यतिबेला बढ्दै गएको छ।

कारण नेमारले मंगलबारको खेलपछि यूइएफएले बनाएको नियम तोडे। कोरोना प्रकोपबीच ज्यादै होसियारीपूर्वक यतिबेला च्याम्पियन्स लिग सुचारु गरिएको छ।

यूइएफएले ३१ पृष्ठ लामो दस्तावेज सार्वजनिक गर्दै कोरोनाका बेला खेल कसरी संचालन गर्ने भन्नेबारेमा चर्चा गरेको थियो।

जहाँ दोहोर्याउँदै कोरोना परीक्षण गरिनुपर्ने, खेलाडी, प्रशिक्षक तथा पत्रकारको लागि विशेषस्थान हुने मास्कको प्रयोग गरिनुपर्ने जस्ता विषय उल्लेख छ।

त्यहाँ खेलपछि खेलाडीले जर्सी साट्न नपाउने पनि उल्लेख गरिएको छ। तर यूइएफएको यस नियम तोड्दै नेमारले विपक्षी खेलाडीसँग जर्सी साटेका छन्।

यसकारण यतिबेला समर्थकहरु यूइएफएले नेमारलाई फाइनल खेलमा प्रतिबन्ध त लगाउँदैन भनेर चिन्तित बनेका हुन्।

यद्यपी यूइएफएले नियम तोडे के सजाय हुने भन्ने विषय उक्त दस्ताबेजमा जनाएको छैन। यसकारण यूइएफएले नेमारविरुद्ध कस्तो कदम चाल्छ भनेर आंकलन गर्न सकिएको छैन।

पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी उपाधि उचाल्ने दाउमा छ। त्यसमाथि नेमारलाई सन् २०१७ मा पीएसजीले बार्साबाट महँगो मूल्यमा च्याम्पियन्स लिग जिताउनै लागि भनेर अनुबन्ध गरेको थियो।

नेमारले फाइनल खेल्न नपाए पीएसजीलाई ठूलो धक्का लाग्नेछ। पीएसजीले लियोन र बार्यन म्युनिखबीचको विजेतासँग उपाधिको लागि अगष्ट २४ मा प्रतिस्पर्धा गर्नेछ। गोलडटकम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .