ad ad

राजनीति


उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

उदाउँदो सूर्य चिह्नसहित दर्ता भयो नयाँ नेकपा–एमाले

नेपालखबर
भदौ ३, २०७७ बुधबार १०:१,

निर्वाचन आयोगले नेकपा–एमाले नामको राजनीतिक दल दर्ता गरेको छ।

तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि सो एमाले नाम खालि थियो।

गत असारमा सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा–एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।

‘प्रक्रिया सबै पुरा भइसकेको छ, चिठी तयार हुँदैछ, केहिबेरमा दल दर्ताको प्रमाणपत्र दिन्छौं,’ आयोगका एक अधिकारीले नेपालखबरसँग भने।

उनका अनुसार सो दललाई निर्वाचन चिह्नको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ।

एमाले दल दर्ताका लागि सो समुह आयोग पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो।

प्रचण्ड र पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीले नै सो पार्टी दर्ता गर्ने पहल गरेको आरोप लगाएका थिए।

गतमहिना कार्यकारी अध्यक्ष प्रचण्डले समेत एक सार्वजनिक कार्यक्रममै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचनमा आयोगमा नेकपा–एमाले दर्ताका लागि निवेदन दिइएको बताएका थिए।

उनले यस्तै गतिबिधिले गर्दा नेकपा गम्भीर विवाद र संकटमा परेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .