ad ad

समाज


विश्वभर ‘मर्यादित महिनावारी दिवस’ मनाउन प्रस्ताव गर्ने नेपालको तयारी

विश्वभर ‘मर्यादित महिनावारी दिवस’ मनाउन प्रस्ताव गर्ने नेपालको तयारी

नेपालखबर
भदौ ३, २०७७ बुधबार १०:८,

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन्।

बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गरे।

त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरे।

सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ। मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको पनि बताए।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,’ मन्त्री गुरुङले भने,‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु।’

त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैगिंक विभेद अन्त्यका लागि ‘लैंगिक मैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।

कार्यक्रममा सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुरु भएकोमा खुशी व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .