खेल


१३ औँ सागमा पाकिस्तानले जितेका तीन पदक खोसियो

१३ औँ सागमा पाकिस्तानले जितेका तीन पदक खोसियो

नेपालखबर
साउन २८, २०७७ बुधबार ८:९,

गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ।

एथ्लेटिक्समा सहभागी ३ पाकिस्तानी खेलाडीले जितेका दुई स्वर्ण र एक कास्य पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो।

खेलका दौरान पाकिस्तानका खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि उनीहरुको पदक खोसिएको हो। पाकिस्तानका एथलेटिक्सका स्वर्ण पदक विजेता मोहम्मद नइम, मेहबुब अली र कास्य पदक विजेता सामी उल्लाहले प्रतिबन्धित औषधी प्रयोग गरेको पाइएको छ।

तीन जनामध्ये मुहम्मद र मेहबुबको दोस्रोपटक स्याम्पल टेस्ट गर्दा त्यसको रिर्पोट पनि पोजेटिभ आएको थियो। सो रिपोर्टलाइ खेलाडीहरुले स्वीकार गरिसकेका छन्।

४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन्। भारतका सन्तोष कुमारले रजत पाउँदा त्यसबेला चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले कास्य पदक प्राप्त गर्नेछन्।

यसरी पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गरेका छन्। श्रीलंकाका रोशन धामीकाले रजत तथा भारतकै मेमन पौलोसले कास्य पदक प्राप्त गर्नेछन्।

पुरुष १ सय मिटर दौडमा कास्य जितेका सामी उल्लाह र महबुब डोपिङमा परेसँगै अब पाकिस्तानले जितेको कास्य पदक बंगलादेशले पाउने भएको छ ।

उनीहरुलाई वल्र्ड एन्टी डापिङ कोड २०१५ को आर्टिकल १०.८, १०.२.१ र साउथ एशिया ओलम्पिक काउन्सिल एन्टी डोपिङ नियमको आर्टिकल ७.१.१ अनुसार २०१९ को डिसेम्बर ३ देखि २०२३ को डिसेम्बर २ सम्मका लागि निलम्बन गरिएको छ।

वल्र्ड एनी डोपिङ एजेन्सीको नियम अनुसार सागमा सहभागी खेलाडीहरुको इन कम्पिटिसन डोपिङ कन्ट्रयाक्ट टेस्ट गरिएको थियो। सो परीक्षणअन्तर्गत संकलन गरिएको युरिन स्याम्पल वाडाबाट मान्यता पाएको कतारको दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षणका लागि पठाइएकोमा उनीहरुले शक्तिबद्र्धक औषधि सेवन गरेको पाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad