कला


आलिया अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा ५० हजार लाइक, ५ लाख डिसलाइक

आलिया अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा ५० हजार लाइक, ५ लाख डिसलाइक

नेपालखबर
साउन २८, २०७७ बुधबार ८:२,

हालसम्म उक्त भिडियोलाई ४ लाखभन्दा बढीले हेरेका छन्। तर यस भिडियोलाई मानिसहरुले मन पराएका छैनन्।

हालसम्म ५४ हजारले यस भिडियोमा लाइक गर्दा ५ लाखभन्दा बढीले डिसलाइक गरेका छन्।

गत जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो। उनले आत्महत्या गरेका थिए।

उनको मृत्युपछि भारतमा नेपोटिज्मको बहस चर्किएको थियो। जसका कारण आलिया भट्ट लगायत बलिउडकर्मीका छोराछोरी जो कलाकार हुन् उनीहरुको दर्शकले आलोचना गरेका थिए।

सामाजिक सन्जालमा उनीहरुको फलोवर पनि घटेको थियो। सुशान्त सिंहले आत्महत्या गर्नुको पछाडि नेपोटिज्म कारण भएको धेरैको टिप्पणी छ। नातावादकै कारण सुशान्तलाई विभिन्न चलचित्रबाट बहिष्कार गरिएको पनि बताइन्छ।

सुशान्तको मृत्युपछि आलिया भट्ट र उनका परिवार सर्वाधिक आलोचित बनेकामध्ये एक थिए।
‘सडक २’ चलचित्र पनि भट्ट परिवारकै प्राजेक्ट भएकाले मानिसहरुले ट्रेलरमा धेरै डिसलाइक गरेको अनुमान गरिएको छ।

महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय गरेका छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad