अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल धानुक र छोरा सन्तकुमार मण्डलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नगरप्रमुख धानुकले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिन सेवाग्राहीसँग ५ लाख घुस लिएको पुष्टि भएकोले मुद्दा दर्ता गरिएको हो।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनका छोरा सन्तकुमारलाई ५ लाखबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। बाबुछोराले डीपीआर निर्माण सम्पन्न गरेको कामको भुक्तानीका लागि चेकसमेत नदिई घुस मागेको आयोगले जनाएको छ।
आयोगले उनीविरुद्ध ५ लाख बिगो दाबी गरेको छ। त्यस्तै आयोगले उनका छोरा सन्तकुमारविरुद्ध पनि ५ लाख बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया