राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमितताका सम्बन्धमा ७ दिन भित्र जवाफ पठाउन पत्र लेखेको छ।
महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग गरेको राखेपका संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले काटेको पत्रमा उल्लेख छ।
आवश्यक कार्वाही गरी पाउँ भनि विभिन्न ५ बुँदाहरु उल्लेख गरी परिषद् समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा सत्य तथ्य विवरण खुलाई पत्र प्राप्त मितिले ७ दिन भित्र परिषद् पठाउन पत्रमा भनिएको छ।
केही दिन अघि महासचिव भट्टचार्यले संघको बैठकमा आफूलाई संघका सदस्य दीपक महर्जनले अपमान गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए। संघका अध्यक्ष अवालेले पनि अलग्गै विज्ञप्ति जारी गर्दै भट्टचार्यले भने जस्तो केही नभएको दाबी गरेका थिए।

प्रतिक्रिया