कारोबार


भदौ १० गतेदेखि पानीको मूल्य घट्ने

भदौ १० गतेदेखि पानीको मूल्य घट्ने

नेपालखबर
साउन २६, २०७७ सोमबार १३:१४,

भदौ १० गतेदेखि पानीको मूल्य घट्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनले बजारमा बिक्री हुने बोतल र जारको अधिकतम लागत हालको बजार भाउको तुलनामा कम देखिएकोले घटाउने तयारी गरेको हो।

प्रतिबोतल (एक लिटर) को २० रुपैयाँ भन्दा बढी लिने गरेकोको विभागले अधिकतम मूल्य १६ रुपैयाँ मात्रै तोकेको छ। जार (२० लिटर)को अधिकतम मूल्य ५० हुने र सो भन्दा कममा बिक्री वितरण हुनपर्ने बताएको छ।

तर विशेष प्रकृतिको र विदेश निर्यातको लागि उत्पादन गरिएको पानीको मूल्य भने फरक पर्न सक्ने बताएको छ। विभाग अन्तर्गतको कार्यदले अध्ययन गर्दा सो अधिकतम मूल्य देखा परको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad