खेल


खेलकुद तथा साहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तर्राष्ट्रिय वर्कशप

खेलकुद तथा साहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तर्राष्ट्रिय वर्कशप

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ८:१९,

खेलकुद तथा साहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तर्राष्ट्रिय वर्कशप आयोजना भएको छ।

वुमन इन स्पोर्ट्स एन्ड एडभेन्चर टोलीले खेल र साहसिक गतिविधिमा महिला सहभागिताबारे बिहीबार अन्तराष्ट्रिय वर्कशप आयोजना गरेको हो। कार्यक्रममा आधा दर्जन बढी देशबाट ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा नेपाल चेस एसोसिएसनकी मोनालिसा खुम्बुले स्वागत गर्दै विश्व खेलकुदमा महिला सहभागिताबारे प्रस्तुति राखेकी थिइन्। त्यस्तै इन्टरनेशनल क्याचबल फेडेरेसनकी प्रमुख कार्यकरी अधिकृत हिला डाभिडोभले क्याचबल खेलको परिचय, नियम र महिलाबारे प्रस्तुति गरेकी थिइन्।

कार्यक्रममा अमेरिकास्थित नेपाली सञ्चारकर्मी लिना दुवाडीले महिला सशक्तीकरणबारे, पर्वतीय खेलकुद महासंघ—नेपालका अध्यक्ष गोविन्द भट्टराईले दिगो खेलकुदमार्पmत पर्यटनबारे प्रस्तुति दिएका थिए। त्यस्तै एफ१ इन स्कुलकी निर्देशक फ्रेडरिक ट्राउभले साहसिक खेलकुदमार्फत महिला सशक्तीकरण विषयक प्रस्तुति गरेकी थिइन्। कार्यक्रममा युनिभर्सिटी अफ प्रिटोरिया साउथ अफ्रीकाकी फन्डी ह्लोबोको पनि प्रस्तुति रहेको थियो।

कार्यक्रममा सञ्चारकर्मी तथा अधिवक्ता पवित्रा राउत, सगरमाथा आरोही कल्पना महर्जन र भलिबलकी पूर्वमहिला क्याप्टेन अन्जु श्रेष्ठले खेलकुद तथा शाहसिक गतिविधिमा महिला सहभागितासहित आआफ्नो अनुभव राखेका थिए।

कार्यक्रममा नेपाल रिङ्ग रेस्लिङ्ग एसोसिएसन की अध्यक्ष सुवर्ण श्रेष्ठ, होटल एसोसिएसन काभ्रेकी ज्योत्सना सैंजु, डब्लुआईएमए नेपालकी अध्यक्ष सुनिता देसार, नेपाल भलिबल संघ की कोषाध्यक्ष सुनकेशरी माली र नासा नेपालका सचिव सन्तोष न्यौपाने समेत सहभागी थिए। साथै क्याचबल हेडक्वार्टर जेनेभाका पदाधिकारीहरु, नेपालका रग्बी, मोटरस्पोर्ट्स, स्पोर्ट क्लाइम्बिङ्ग, मार्शल आर्ट्स, भलिबल, तेक्वान्दो, रेस्लिङ्ग लगायतका खेलका महिला क्याप्टेन, खेलाडीहरु तथा अफिसियल लगायतकाको सहभागिता समेत रहेको थियो।

पर्वतीय खेलकुद महासंघ—नेपाल तथा नासा फाउण्डेसनको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता हेटौडा महानगरपालिकाकी उपमेयर तथा पर्वतीय खेलकुद महासंघ नेपाल वाग्मती प्रदेश नेटवर्ककी संयोजक मिना लामाले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad