खेल


राखेपको सदस्यसचिवमा पुन: रमेश सिलवाल

राखेपको सदस्यसचिवमा पुन: रमेश सिलवाल

नेपालखबर
साउन १२, २०७७ सोमबार १४:२३,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन्।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा पुन: दोहोर्‍याएको हो। सिलवालले अब चार वर्ष राखेपको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि गत वर्ष असारमा राखेपको सदस्यसचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन २०७७ आएपछि यसै असारमा पदमुक्त भएका थिए।

यो पनि: जसले साग सम्भव बनाए 

सिलवालसँगै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन्। उनी नेकपाको खेलकुद विभागमा आवद्ध छन। कोइराला १३ औं सागमा प्रचारप्रसार समितिका संयोजक समेत थिए।

नयाँ ऐनअनुसार यसपटक राखेपको सदस्यसचिवका लागि पहिलोपल्ट आवेदन खुलाइएको थियो। जसमा ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितीले बुधबार अन्जु श्रेष्ठ, लिलबहादुर थापा र सिलवालको नाम मन्त्रालयमा सिफारिस गरेको थियो।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले मन्त्रीपरिषद बैठकमा पेश गरेका यी नाममध्ये सिलवाललाई पुन: नियुक्ती दिने निर्णय सरकारले गरेको हो।

यो पनि: बेहुला नभइ विवाह हुँदैन, रंगशाला बनेन भने साग हुँदैनः रमेश सिलवाल(अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad