समाज


मास्क नलगाई हिँड्नेलाई प्रहरीले नै दियो मास्क

मास्क नलगाई हिँड्नेलाई प्रहरीले नै दियो मास्क

नेपालखबर
साउन १२, २०७७ सोमबार १४:३७,

प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवानासहित कारबाही गर्ने गरेको छ। तर अरु दिन जरिवाना असुल गर्ने प्रहरीले सोमबार भने बिना मास्क हिँड्ने बटुवालाई आफैँ मास्क वितरण गरेको छ।

कोभिड–१९ सम्बन्धी जनचेतनासहित बारा प्रहरीले सडकमा मानिसहरुलाई मास्क वितरण गरेको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिका–१ भरतचोकमा मास्क वितरण गरिएको हो।

कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा सम्झाई बुझाई गर्दै व्यापारी, पैदल यात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरेका थिए।

हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिड्ने पैदल यात्रु, व्यापारीहरू समेत गरी दुई हजार २५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरी दुई लाख २५ हजार सात सय रुपैयाँ राजश्व समेत संकलन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad