नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ।
सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, १ युरोको खरिद दर १ सय ३९ रुपैयाँ २१ पैसा तथा बिक्री १ सय ३९ रुपैयाँ ९१ पैसा तोकिएको छ।
अन्य कुन मुद्रा कति रुपैयाँमा खरिदबिक्री?

प्रतिक्रिया