आइतबार राति १० खेलसँगै इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनको अन्त्य हुँदै छ। अन्तिम दिनको सबै खेल राति पौने ९ बजे हुनेछ।
आज राति हुने खेलले युरोपेली लिग खेल्ने र रेलिगेसनमा पर्ने २ टोलीको टुङगो लाग्नेछ। लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचाल्दा नर्विच सिटी रेलिगेसनमा पर्ने पक्का भइसकेको छ।
७८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेर लिग सक्नेछ। लिगको शीर्ष ४ मा स्थान बनाउनका लागि म्यानचेष्टर युनाइटेड र चेल्सी संर्घषरत छन्। युनाइटेड र चेल्सीको समान ६३ अंक छ। युनाइटेडले लेष्टर सिटीलाई बराबरीमा रोके मात्र पनि शीर्ष ४ मा स्थान बनाउनेछ। लेस्टरले च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरलाई हराउनुपर्नेछ।
एफए कपको फाइनलमा पुगेको चेल्सीले उल्भह्याप्टनसँग खेल्नेछ। उल्भस्ले चेल्सीलाइ हराए युरोपा लिगमा स्थान बनाउनेछ।
रेलिगेसनबाट बच्न बर्नमाउथ, वाटफोर्ड र एस्टन भिल्ल्लालाइ स्पष्ट जित आवश्यक छ। एस्टन भिल्ला गोल अन्तरमा रेलिगेसन क्षेत्रभन्दा एक स्थान अघि छ।
१८औं स्थानमा रहेको वाटफोर्डले आर्सनलको सामना गर्नेछ। १९ औं स्थानको बर्नमाउथले एभरटनसँग खेल्नेछ।
लिगमा गोल्डेन बुटको दौडमा लेष्टरका जिमी भार्डे र साउथहेप्टनका डेनी इङस छन्। लिगमा अहिलेसम्म २९४४ मिनेट मैदानमा बिताएका भार्डेले २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् भने ५ गोलमा असिस्ट गरेका छन्।
२७२२ मिनेट मैदानमा रहेका डेनीले २१ गोल गर्दै २ गोलमा असिस्ट गरेका छन्।
Shares

प्रतिक्रिया