समाज


दलितहरुमाथि भइरहेको हत्याहिंसाविरुद्ध प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस

दलितहरुमाथि भइरहेको हत्याहिंसाविरुद्ध प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस

शैलेन्द्र महतो
साउन ११, २०७७ आइतबार १०:३३,

देशभरि दलित समुदायमाथि ऋंखलाबद्धरुपमा भइरहेको हत्या हिंसा जस्ता आक्रमणका बिरुद्ध प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ।

संयुक्त दलित संघर्ष समितिको आयोजनामा प्रदेश २ का आठवटै जिल्ला सदरमुकाममा दलित समुदायका प्रतिनिधिहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन्।

जनकपुरमा जनकचौकदेखि संयौको संख्यामा निस्केका दलित सहभागीहरुको जुलुस शिवचोक, भानुचोक, कदमचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर धर्ना दिइएको थियो।

Janakpur-Dalit-protest.jpg

त्यसपछि बिसहारा चौक, मुरलीचोक, रामचोक हुँदै पुनः जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

एकमहिना अघि धनुषा प्रहरीको सबैला प्रहरी हिरासतमा मृत्यु भएका शम्भुु सदा, कोरोना संदिग्धको आशंकामा उपचार अभावमा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा मृत्यु भएका राजु सदा लगायत विभिन्न जिल्लाहरुमा हत्या भएका राजेश ऋषिदेव, त्रिभुवन राम, रोशन राम, मलरा सदा, भुटा सदासहि रुकुममा दलितहरुमाथि भएको नरसंहार जस्ता घटनाहरुको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन्।

प्रदर्शनको क्रममा उनीहरुले शान्ति सुरक्षा कायम गर्नुपर्ने, घटनाका दोषीलाई अविलम्ब कारबाही हुनुपर्नेलगायत नारा लगाएका छन्।

Janakpur-Dalit-protest-2.jpg

कोणसभामा बोल्दै संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले समयमै घटनाहरुको अनुसन्धान नगरी दोषीहरुमाथि अविलम्ब कारबाही नगरिए दलितहरुले देशव्यापी रुपमा आन्दोलनको आँधिवेहरी ल्याउने चेतावनी दिए।

संघर्ष समितिले साउन १३ गते प्रत्येक जिल्लाको सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने, १५ गते मृदंग बजाउने र पोस्टर टाँस्नेसहित प्रशासन कार्यालय अगाडी धर्ना दिने र १८ गतेदेखि प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिलेअनशन बस्ने समितिका संयोजक दासले जानकारी दिए।

आइतबार प्रदर्शनमा जिल्लाका गाउँ गाउँबाट ट्याक्टरमा संयौको संख्यामा दलित समुदायका महिला, पुरुष तथा युवा सहभागी भएका थिए।

Janakpur-Dalit-protest-3.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad