बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टिमेउ लियोनल मेस्सीले क्लब नछाड्नेमा ढुक्क देखिएका छन।
उनले मेस्सीले आफ्नो फुटबल करिअर बार्सिलोनाबाटै अन्त्य गर्ने समेत बताए।
३३ वर्षे मेस्सीको बार्सिलोनासँग अर्को सिजनको अन्त्यसँग सम्झौता अवधि छ।
यहीबीच क्लबसँग खटपटका कारण मेस्सी बाहिरिन चाहेको हल्ला पनि चलेको छ।
अध्यक्ष जोसेपले भने मेस्सी क्लबमै रहने र चाँडै सम्झौता थपिने उल्लेख गरे।
'हामीले मेस्सीसँग विगतमा कुरा गरेका थियौं। अहिले गरिरहेका छौं र भविष्यमा पनि निरन्तर गरिरहन्छौं,' जोसेपले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन, 'उनी आफ्नो फुटबल करिअर बार्सिलोनामै अन्त्य गर्न चाहान्छन। हामी उनको सम्झौता अवश्य थप्नेछौं। त्यसमा मलाई कुनै शंका छैन।'
मेस्सीले यस सिजनमा बार्सिलोनाका लागि २० गोल तथा त्यति नै गोलमा सहायकको भुमिका निर्वाह गरिसकेका छन।

प्रतिक्रिया