ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले अन्तिम समयमा शीर्ष चार स्थानमा उक्लने समय गुमाएको छ।
निर्धारित ९० मिनेटको खेलमा २-१ ले अघि रहेपनि थपिएको समयमा गोल खाँदै साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिएपछि यूनाइटेड लिगमो पाँचौं स्थानमा यथावत रहेको हो।
सोमबार राति भएको खेल जितेको भए यूनाइटेड चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने थियो।
१२औं मिनेट स्टुआर्ट आर्मस्ट्रङले साउथह्याम्पटलाई अग्रता दिलाए। मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए।
लगत्तै एन्थोनी मार्टियलको गोलसँगै युनाईटेड २–१ ले अघि बढ्यो तर ९६औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए।
योसँगै पाँचौं स्थानमा रहेको युनाईटेडको ५९ अंक छ। समान अंक भएपनि लेस्टर गोल चौथो र एक अंक बढी भएको चेल्सी तेस्रो स्थानमा छ।

प्रतिक्रिया