रियल मड्रिडलाई स्पेनिस ला लिगा फुटबलको उपाधि उचाल्न एक जितमात्रै आवश्यक बनेको छ।
शीर्षस्थानको रियलले सोमबार राति भएको खेलमा ग्रानाडालाई २-१ गोलअन्तरले पराजित गरेसँगै रियल उपाधि नजिक पुगेको हो।
फर्ल्यान्ड मेन्डीले १०औं तथा करिम बेन्जेमाले १६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
५०औं मिनेटमा डार्विन माचिसले एक गोल फर्काए।
दोस्रो स्थानको बार्सिलोनाभन्दा हेड टू हेडमा पनि अघि रहेको रियलले बाँकी दुई खेलमा दुई अंक जोडेमा मात्रै पनि उपाधि उचालल्नेछ।
रियलले अब बिहीबार घरेलु मैदानमा पाँचौं स्थानको भिल्ला रियल तथा आइतबार रेलिगेसन जोनको लेगेनासको सामना गर्नेछ।
एक खेलमा मात्रै जित अथावा दुवै खेलमा बराबरी गरे रियलले उपाधि उचाल्नेछ।

प्रतिक्रिया