स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना सेल्टा भिगासँग बराबरीमा रोकिएको छ। सेल्टा भिगोको मैदानमा भएको मैदानमा बार्सिलोनाले २ पटक अग्रता लिए पनि २–२ को बराबरीमा रोकिएको हो।
बराबरीमा रोकिए पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६८ अंकमा दोस्रो स्थानमा छ। ३२ खेलबाट ३४ अंक बनाएको सेल्टा भने १६औं स्थानमा यथावत् छ।
खेलको २०औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा अग्रता बनाएको थियो। दोस्रो हाफको पाँचौं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई बराबरीम ल्याएका थिए।
६७औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए। खेलको ८८औं मिनेटमा सेल्टाका इयागो आस्पासले गोल गर्दै खेल पुनः बराबरीमा ल्याएका थिए।
गएराति नै भएको खेलमा एटलेटिको मड्रिडले अलाभेसलाइ २–१ ले, एटलेटिको विल्वाओले मालोर्कालाइ ३–१ ले तथा ओसाउनाले लेगानेसलाइ २–१ ले पराजित गरे।

प्रतिक्रिया