कारोबार


भाइबरले तोड्यो फेसबुकसँगको व्यावसायिक सम्बन्ध

भाइबरले तोड्यो फेसबुकसँगको व्यावसायिक सम्बन्ध

नेपालखबर
असार १४, २०७७ आइतबार ७:५७,

भाइबरले फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको छ।

फेसबुकको डाटा उल्लंघन र हिंसात्मक बयानबाजीविरुद्ध लड्ने असफलताले सीमा नाघेको हुँदा भाइबरले आफ्ना १ अर्ब प्रयोगकर्ताहरुको संरक्षणको निम्ति आफ्नो सबै टचप्वाइन्टहरु हटाउनुका साथसाथै विज्ञापन खर्चमा रोक लगाउन उपयुक्त कदमहरु लिने भएको हो।

म्यासेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु रोक्ने निर्णय लिएको कम्पनीले जनाएको छ। पछिल्ला केही हप्ताहरुमा अमेरिकाभर फैलिएको प्रतिकार प्रदर्शनीहरुको बीचमा एन्टि–डिफामेसन लीग एण्ड एनएएसीपीलगायत अरु ६ वटा संगठनहरुले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरुलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी अक्षम रहेकोले जुलाई महिनाभरको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदाताहरुलाई आह्वान गरेका छन्।

डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्डमा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिमरुप लिएको भाइबरले आरोप लगाएको छ। कम्पनीले स्टप हेट फर प्रोफिट अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमकोव्यवसायिक सम्बन्धहरु तोडेको हो।

भाइबरको सीईओ जमेल अगाउवाले फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको बताए। भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरु हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad