इङ्लिस प्रिमियर लिगको लन्डन डर्बीमा टोटनह्याम हट्स्परले वेस्ट ह्याम युनाइटेडलाइ २–० गोल अन्तरले हराएको छ। जितसँगैै टोटनह्यामले ३१ खेलबाट ४५ अंक बनाएको छ।
अंक तालिकाको सातौं स्थानमा रहेको टोटनह्यामको सेफिल्ड युनाइटेडको भन्दा १ अंक बढी छ। समान खेल खेलेको वेस्ट ह्याम भने २७ अंकमा रेलिगेसन जोनभन्दा १ स्थान माथि छ।
मगंलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६४औं मिनेटमा टोटनह्यामले टोमस सौचेकको आत्मघाती गोलबाट अग्रता बनाएको थियो।
झण्डै ६ महिनपछि गत साता मैदान फर्केका ह्यारी केनले ८२औं मिनेटमा गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गराएका हुन्।
प्रतिक्रिया