ad ad

छापा खबर


कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा यस्तो कडाइ

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा यस्तो कडाइ

नेपालखबर
असार १०, २०७७ बुधबार ३:३,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न यहाँ भित्रिने र बाहिरिने यात्रुलाई थप कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा पठाउने तयारी गरेका हुन्।

त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ। आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना संक्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए।

निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक १ हजार ८ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन्। करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उनले भने- पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ।

यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .