खेल


नेपालले असोजमा विश्वकप छनोट खेल्ने

नेपालले असोजमा विश्वकप छनोट खेल्ने

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १५:२३,

कोरोना भाइरसका कारण स्थगित भएकोे फिफा विश्व कप र एसियन कपको छनोटअन्तर्गत दोस्रो चरणको खेलको नयाँ मिति सार्वजनिक भएको छ। एसियाली खेलकुद फुटबल संघ (एफसी) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।

नयाँ खेल तालिका अनुसार नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग दशरथ रगंशालामा खेल्नेछ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ। कार्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ। छनोट अन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ।

विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad