चर्चित ब्राण्डका ह्विस्की असार १ गतेदेखि नयाँ दरमा बजारमा आउँदै छ। विजय डिष्टिलरी प्राली नवलपरासीको उत्पादन ब्ल्यू डाइमण्ड ह्विस्की र हिमालयन डिष्टिलरी बीरगञ्जको उत्पादन गोल्डेन वक र ब्ल्याक वक ह्विस्की असार १ देखि नयाँ दर रेटमा आउन लागेको हो।
ब्ल्यू डाइमण्ड ह्विस्की ७ सय ५० मिलि लिटरको ९ सय २० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ। त्यसै गरी ३ सय ७५ र १ सय ८० मिलिटिरको क्रमशः ४ सय ६० र २ सय ३० रुपैयाँ क्रमशः तोकिएको कमपनीले जानकारी गराएको छ।
कम्पनीले बिक्रेता तथा विभिन्न तहको होलसेलरलाई पनि निश्चित कमिशन तोकेको जानकारी गराएको छ।
यस्तै, बीरगञ्जको उत्पादन गोल्डेन वक ७ सय ५० मिलिलिटरको ९ सय २० र ब्ल्याक वक ह्विस्की ७ सय ५० मिलिलिटरको १ हजार १ सय २० रुपैयाँ तोकिएको छ। यो कम्पनीले पनि बिक्रेता तथा होलसेलरहरुलाई निश्चित रकम कमिशन तोकेको जानकारी गराएको छ।
Shares

प्रतिक्रिया