खेल


इं‌ल्यान्ड र वेष्ट इन्डिजबीचको टेस्ट क्रिकेट सिरिज जुलाई ८ देखि

इं‌ल्यान्ड र वेष्ट इन्डिजबीचको टेस्ट क्रिकेट सिरिज जुलाई ८ देखि

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:३३,

इं‌ल्यान्ड र वेष्ट इन्डिजबीचको ३ खेलको टेस्ट क्रिकेट सिरिज आगामी जुलाइ ८ देखि हुने भएको छ।

इंल्यान्डमा हुने टेस्ट क्रिकेट खेल्न वेस्ट इन्डिजका खेलाडी सहमत भएसँगै इंल्यान्ड र वेल्स क्रिकेट बोर्डले नयाँ तालिका सार्वजनिक गरेका हुन्।

कोरोना भाइरसको महामारीबीच खेलको पहिलो सिरिज आगामी जुलाई ८ देखि १२ सम्म साउथवेटनमा हुनेछ। दोस्रो सिरिज जुलाइ १६ देखि २० तथा तेस्रो सिरिज २४ देखि २८ जुलाइसम्म वल्र्ड ट्राफोर्डमा हुनेछ।

खेलअघि वेस्ट इन्डिजको टोली जुन ९ मा वल्र्डट्राफोर्ड पुग्नेछ। करिब १५ दिनको क्वारेन्टिन बसाइपछि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुनेछन्। सिरिजका सबै खेल बन्द स्टेडियममा हुनेछ। खेलाडी र कर्मचारीको तलब भत्तामा ५० प्रतिशत कटौतीसहित वेस्ट इन्डिज इंल्यान्ड जान सहमत भएको हो।

यसअघि जुन ४ देखि २९ सम्मका लागि तय भएको खेल कोरोना भाइरसको महामारीको कारण स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad