काठमाडौ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले हस्ताक्षर गरेको पत्रमा अध्यक्ष शेर्पाले स्वेच्छाचारी ढगंले आग्रह पूर्वाग्रह राखेर व्यक्तिगत लाभ हासिल गर्न खोजेको उल्लेख गरिएको छ।
अध्यक्षहरुले शेर्पाले एन्फा र नेपाली फुटबलको हित विपरित कार्य गर्दै आएको आरोप लगाउँदै उनलाई कारवाही हुनुपर्ने माग गरेका हुन्।
अध्यक्ष शेर्पाले गरेका कार्यहरु नेपालको कानुन विपरित हुनुका साथै अन्तराष्ट्रिय फुटबल संघ (फिफा) र एशियाली फुटबल संघ (एफसी) तथा एन्फाको विधान विपरित रहेको पत्रमा जनाइएको छ।
शेर्पाले एक अन्तवार्तामा तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले त्यहाँ फुटबलको ग्रासरुट कार्यक्रम सुरु गरेको बताएका थिए। चार जिल्लाका अध्यक्षले यस भनाइ विवादस्पद र बेठिक भएको पनि जनाएका छन्।
हाल उनको अभिव्यक्ती मधेसी जनतालाई होच्याउने भएको भन्दै उनको विरोध भइरहेको छ।
शेर्पाको नेतृत्वमा अनियमितता र त्रुटिपुर्ण काम भएको भन्दै कारवाही गर्न पत्रमा माग गरिएको छ।
पत्रमा काठमाडौ जिल्ला फुटबल संघका अध्यक्ष विराट जगं शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दीपक खतिवडाले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया