समाज


धनुषाबाट पेस्तोल र गोलीसहित एक पक्राउ

धनुषाबाट पेस्तोल र गोलीसहित एक पक्राउ

नेपालखबर
जेठ १९, २०७७ सोमबार ८:३४,

जनकपुर उपमहानगरपालिका–१७ बलौनीबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका–८ भम्रपुरा बस्ने डिके भन्ने २० वर्षीय अजिजुल राईन छन्।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका–१७ बलौनीस्थित आँपको बगैचामा ज४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो।

राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad