कारोबार


प्रदेश १ सरकारलाई तिब्बत सरकारले दियो पौने ८ करोडको स्वास्थ्य सामग्री

प्रदेश १ सरकारलाई तिब्बत सरकारले दियो पौने ८ करोडको स्वास्थ्य सामग्री

नेपालखबर
जेठ १९, २०७७ सोमबार ८:१८,

प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पौने ८ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल–चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो।

स्वास्थ्य सामग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरे। करिब ७ करोड ७४ लाखबराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्राप्तभएको स्वास्थ्य सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स–रे पोर्टेबल मेसिन १ थान रहेका छन्।

त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ।

उपलब्ध सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए।

‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामग्रीहरुले थप सहयोग पुगेको छ’, उनले भने।

सामग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिए। प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तीव्र बनाएको छ। प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भएको छ।

प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad