फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १ गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको १७ औँ मिनेट पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।

अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको छ। छैटौँ विश्वकप खेलिरहेका मेसीको यो १४ औँ गोल हो।
अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। विश्वकपको समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका हुन्।
नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजेदेखि सुरु भएको खेल हाल जारी छ।
यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो।
99
Shares

प्रतिक्रिया