खेल


लिग २ अघि नेपालले जर्सीसँग दुई अभ्यास खेल खेल्ने

लिग २ अघि नेपालले जर्सीसँग दुई अभ्यास खेल खेल्ने

नेपालखबर
जेठ २०, २०८३ बुधबार १६:५७, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपाली टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने जानकारी दिएको हो। 

नेपाली टोलीले आगामी असार २९ र ३१ गते अभ्यास खेल खेल्ने जनाएको हो। 

अभ्यास खेलपछि नेपाली टोलीले नामिबिया र नेदरल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज अघि नेपाली टोलीले तयारी क्याम्पसहत एनसीसी ग्रानभिले खेल मैदानमा २ अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। 

नेपालले यसअघि लिग–२ अन्तर्गत घरेलु मैदानमा २ त्रिकोणात्मक सिरिज खेलेको थियो। नेपालले २ सिरिजबाट १२ अंक बटुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad