खेल


बंगलादेशसँग खेल्नुअघि नेपालको ४ खेलाडी परिवर्तन

बंगलादेशसँग खेल्नुअघि नेपालको ४ खेलाडी परिवर्तन

नेपालखबर
जेठ २०, २०८३ बुधबार १५:३७, काठमाडौँ

साफ महिला च्याम्पियनसिप अन्तर्गत साविक विजेता बंगलादेशविरुद्धको सेमिफाइनल खेलमा नेपाली राष्ट्रिय महिला टोलीमा ४ खेलाडी परिवर्तन भएको छ। 

टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले बंगलादेशविरुद्धको खेलमा अघिल्लो खेलबाट ४ खेलाडी परिवर्तन गरेका हुन्। 

प्रशिक्षक न्यौपानेले गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालाई आजको खेलमा सुरुवाती ११ मा ल्याएका छन्।

मिडफिल्डर प्रिति राइ आजको खेलमा टोलीमा उपलब्ध छिन्। डिफेन्डर पुजा राना र अनिता लम्जेल आजको खेलमा प्लेइङ सेटमा छन्।  

अघिल्लो खेलबाट गोलरक्षक अञ्जना रानामगर, मिना देउवा, प्रतिक्षा चौधरी, हिरा कुमारी भुजेल आजको खेलमा बेन्चमा छन्। 

खेल, भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा सवा ४ बजे सुरु हुनेछ। आजको खेलको नेपाली टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad