अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी विश्वकप आउनु १७ दिन मात्र बाँकी रहँदा घाइते भएका छन्। यसले साबिक विश्वविजेता अर्जेन्टिनालाई चिन्ता थपेको छ।
आइतबार अमेरिकी मेजर लिग सकरको इन्टर मायामीको खेलका दौडान उनले मैदान छाड्न इच्छा गरेका थिए। मायामीका प्रशिक्षक गलर्मो होयोसले फिलाडेल्फिया युनियनविरुद्ध ३८ वर्षे मेसीको प्रतिस्थापन मैदानको भिजेको अवस्थालाई ख्याल गर्दै गरिएको बताए।
२०२२ मा विश्वविजेता बनेका मेसी ७३औँ मिनेटमा बायाँ खुट्टाको पछाडि असहज महशुस गर्दै मैदानबाट बाहिरिएका थिए। तर उनी सामान्य रुपमा आफ्नो टिमको बेन्चतर्फ हिँडेका थिए।
उनै निकै थाकेको देखिएको बीबीसीले जनाएको छ। विश्वकप जुन ११ मा सुरु हुँदै छ। अर्जेन्टिनाले हालसम्म अन्तिम टोली घोषणा गरिसकेको छैन। अर्को हप्टा अन्तिम टोली घोषणा हुनसक्ने बताइएको छ। उसको पहिलो खेल जुन १६ अल्जेरियाविरुद्ध हुनेछ।
मेसी सन् २०२३ मा मायामी गएका थिए।
Shares

प्रतिक्रिया