फिफा विश्वकप २०२६ का लागि इंग्ल्यान्डले आफ्नो २६ सदस्यीय टोली घोषणा गरेको छ।
प्रशिक्षक टमस टुचेलले टोली घोषणा गरेका हुन्।
टोलीमा ह्यारी केन, डिक्लान राइस, बुकायो साका, मार्कस राशफोर्डदेखि ज्युड बेलिङह्याम, जोर्डन पिकफोर्डजस्ता चर्चित खेलाडीहरु समावेश छन्।
टुचेलले टोली छनोट निकै कठिन निर्णय भएको बताए। यद्यपि आफू कठिन निर्णय लिन मन पराउने व्यक्ति भएको उनको भनाइ छ। स्टाफको रुपमा सबै जनाले विश्वास गर्न सक्ने निर्क्योलपछि टोली घोषणा गरेको उनको भनाइ रहेको बीबीसीले जनाएको छ।
को को परे?
गोलरक्षक
रक्षक
रिस जेम्स (चेल्सी), टिनो लिव्रामेन्टो (न्युक्यासल) मार्क गुही (म्यानचेस्टर सिटी), एजरी कोन्सा (एस्टोन भिल्ला), जोन स्टोन्स (म्यानचेस्टर सिटी) जारेल क्वान्सा (बायर लेवरकुसेन), निको ओरेली (म्यानचेस्टर सिटी) डान बर्न (न्युक्यासल), डिजेड स्पेन्स (टोटनह्याम हट्सपर)
मध्यपंक्ति
डिक्लान राइस (आर्सनल), एलियट एन्डरसन (नटिङह्याम फरेस्ट), ज्युड बेलिङह्याम (रियल मड्रिड), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), मोर्गन रोजर्स (एस्टोन भिल्ला), कोबी माइनो (म्यानचेस्टर युनाइटेड), एबरेची एज (आर्सनल)
अग्रपंक्ति
ह्यारी केन (बायर्न म्युनिख), इभान टोने (अल अहिली), ओली वाट्किन्स (एस्टोन भिल्ला), बुकायो साका (आर्सनल), नोनी मादुएके (आर्सनल), मार्कस राशफोर्ड (बार्सिलोना– म्यानचेस्टर युनाइटेडबाट लोनमा) र एन्थोनी गोर्डन (न्युक्यासल)
Shares

प्रतिक्रिया