पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो पटक साउदी प्रोलिगको उपाधि उचालेका छन्।
सिजनको अन्तिम दिन बिहीबार राति भएको खेलमा रोनाल्डो आवद्ध अल नासरले दमक क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।
उपाधि जितेको खेलमा रोनाल्डोले २ गोल गरे।
अल नासरले रोनाल्डो आवद्ध भएपछि पहिलो पटक साउदी लिगको उपाधि जितेको हो।
अल नासरले साउदी प्रो लिग जित्नका लागि नै रोनाल्डोलाई कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो। अल नासरले पछिल्लो पटक सन् २०१९ मा साउदी प्रो लिगको उपाधि जितेको थियो।
म्यानचेष्टर युनाइटेड छाडेपछि थुप्रै अड्कलबाजीलाई माथ दिदै रोनाल्डो साउदी पुगेका थिए। रोनाल्डो साउदी पुगेपछि त्यहाँ कुनैपनि घरेलु उपाधि जितेका थिएनन्।
साउदी प्रो लिगमा आफ्नो १ सयौँ गोल गरेका रोनाल्डोले सबै प्रतियोगिताहरुमा गरि १ सय २९ औँ गोल गरे।

Shares

प्रतिक्रिया