खेल


ओडेगार्डको कप्तानीमा नर्वेको विश्वकप टोली घोषणा

ओडेगार्डको कप्तानीमा नर्वेको विश्वकप टोली घोषणा

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार ८:२८, काठमाडौँ

आर्सनलका कप्तान मार्टिन ओडेगार्डलाई कप्तानीको जिम्मेवारी दिँदै नर्वेले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।

नर्वेले घोषणा गरेको टोलीमा प्रिमियर लिगका च्याम्पियन म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड, फुलह्यामका ओस्कर बब र क्रिस्टल प्यालेसका जोर्गेन स्ट्रयान्ड लार्सनलगायत छन्। 

नर्वेले जुन १६ मा इराकविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप जुन ११ देखि जुलाइ १९ सम्म चल्नेछ।

विश्वकपमा पहिलोपटक विश्वका ४८ वटा फुटबल टोली सहभागी हुँदै छन्। 

विश्वकप खेल्ने नर्वेको टोली

गोलकिपर: ओरजान हास्कजोल्ड नाइल्यान्ड (सेभिल्ला), एगिल सेल्भिक (वाटफोर्ड), स्यान्डर तान्गभिक (ह्यामबर्गर एसभी)

डिफेन्डर: जुलियन रायरसन (बोरुसिया डर्टमुन्ड), मार्कस होल्मग्रेन पेडर्सन (टोरिनो), डेभिड मोलर वोल्फ (वोल्भरह्याम्प्टन), फ्रेड्रिक ब्योर्कन (बोडो/ग्लिमट), क्रिस्टोफर अजेर (ब्रेन्टफोर्ड), टोर्बजोर्न हेगेम (बोलोग्ना), लियो स्कीरी ओस्टिगार्ड (जेनोआ), सोन्डरे लाङ्गास (डर्बी काउन्टी), हेनरिक फाल्चेनर (वाइकिंग)

मिडफिल्डर: मार्टिन ओडेगार्ड (आर्सनल), स्यान्डर बर्गे (फुल्हम), फ्रेड्रिक ओर्नेस (बेन्फिका), प्याट्रिक बर्ग (बोडो/ग्लिमट), क्रिस्टियन थोर्सवेड (सासुओलो), मोर्टेन थोरस्बी (क्रेमोनीज), थेलो आसगार्ड (रेन्जर्स)

फरवार्ड: एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), अलेक्ज्याण्डर सोर्लोथ (एटलेटिको म्याड्रिड), जोर्गेन स्ट्र्यान्ड लार्सन (क्रिस्टल प्यालेस), एन्टोनियो नुसा (आरबी लाइपजिग), ओस्कर बब (फुल्हम), एन्ड्रियास स्जेल्डरप (बेन्फिका), जेन्स पेटर हाउज (बोडो/ग्लिमट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad