खेल


स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

नेपालखबर
जेठ ४, २०८३ सोमबार १२:२१, काठमाडौँ

ललित राजवंशीको घातक बलिङ र सन्दीप लामिछानेले कीर्तिमान कायम गरेको खेलमा स्कटल्यान्डबाट नेपालले १९५ रनको लक्ष्य पाएको छ। 

सोमबार आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा टस जितेर ब्याटिङ गरेको स्टकल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भयो। स्कटल्यान्डका लागि ब्रान्डोन म्याक मुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका म्याकमुलेन सन्दीप लामिछानेको बलमा इसान पाण्डेको हातबाट क्याच आउट हुन पुगे। 

यससँगै सन्दीपले १५० विकेटको आँकडा पूरा गर्दै कीर्तिमान बनाएका हुन्। सन्दीपले २०औँ ओभरको अन्तिम बलमा म्याकमुलेनलाई पेभेलियनको बाटो देखाउँदै अस्ट्रेलियन मिचेल स्टार्सको रेकर्ड तोडेका थिए। 

त्यसअघि सन्दीपले १२औँ ओभरको तेस्रो बलमा ओपनर जर्ज मुन्सेलाई २१ रन बनाउँदा बोल्डआउट गरे। उनले ३१ बलमा ३ चौका प्रहार गरे। 
माइकल इंलिसले ५१ रन बनाउँदा नन्दन यादवको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। मार्क वाटले २० रन बनाउँदा सोमपाल कामीको बलमा आशिफ शेखको हातबाट आउट भए। 

कप्तान रिची बेरिङटोन १२ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्डआउट भए। ६ रन बनाएका फिन्ले म्याकमुलेन दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लूको धरापमा परे। माइकल लिस्क १ रन बनाउँदा ललितको बलमा एलबीडब्लू आउट भए। 

नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। उनले सात ओभरमा २५ रन खर्चे। सन्दीपले तेस्रो ओडीआई खेलमा चार विकेट लिएका हुन्। सन्दीप लामिछानेले तीन विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ४७ रन खर्चे। 

सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad