खेल


आसिफको ९४ रन मद्दतमा ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य

आसिफको ९४ रन मद्दतमा ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १२:५७, काठमाडौँ

आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल अगावै २ सय ५६ रनमा अलआउट भयो। 

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा नदिम खानको बलमा क्याच आउट भए। 

दोस्रो विकेटका लागि आशिफ र अर्जुन कुमालले १ सय २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। 

अर्जुन कुमालले ४८ रन थपे। उनले ८७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झा १७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेलले ९ रन बनाए। विनोद भण्डारी र करण केसी डक आउट भए। 

दीपेन्द्रसिंह ऐरी ३३ रन बनाउँदा नदीम खानको बलमा बोल्ड आउट भए। नन्दन यादव २ रन बनाउँदा सकिल अहमदको बलमा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने १ रनमा रनआउट भए। 

२३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका आरिफ शेख ४३ रनमा क्याच आउट हुन पुगे। ललित राजवंशी शुन्यमा नै अविजित रहे। 

ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमद र हसनैन शाहले समान २ विकेट लिए आफ्नो नाममा गरे। जितेन रामानन्दी र आर्यन विष्टले समान एक विकेट लिए। 

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad