समाज


मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो

फाइल फोटो


नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १३:६, काठमाडौँ

महोत्तरी र सिराहामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

महोत्तरीको बर्दिबास नगरपालिका-४ स्थित लक्ष्मी खोलाको पुर्व पट्टीको सडकमा प्र.२-०२-००१ त २१०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु भएको छ। 

तीव्र गतिको ट्याकटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सोही नगरपालिका-५ गढन्ता टोल घर भएका २६ वर्षीय अनिल कार्की छन्। उनको घट्नास्थलमै मृत्यु भएको हो।

त्यसैगरि सिराहाको सिरहा नगरपालिका-१७ मा माडर चोकबाट भन्सार कार्यालयतर्फ जाँदै गरेको प्र.२-०१-००४ प ९३४७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

दुर्घटनामा सिराहा नगरपालिका-१६ माडर बस्ने महमद अजातकी छोरी ३ वर्षीया अलीना खातुनको मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको न्यूरो अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad