खेल


प्रधानमन्त्री कप एकदिवसीयमा आर्मीको अपराजित यात्रा कायमै

प्रधानमन्त्री कप एकदिवसीयमा आर्मीको अपराजित यात्रा कायमै

नेपालखबर
चैत २६, २०८२ बिहिबार १६:४९, काठमाडौँ

कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको घातक बलिङमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभु्वन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ।

बिहीबार भएको खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै आर्मी अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ। 

जारी पीएम कपमा आर्मी एक्लो अपराजित टोली हो। सात खेलमा जित र एक खेलमा अंक बाँडेको आर्मी १३ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

५ खेलमा जित र ३ खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकमा तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमध्य चार खेलमा जित र एक खेलमा अंक बाँडेको मधेश पदेश ९ अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

समान सात अंक भएको पुलिस क्लब चौथो, लुम्बिनी प्रदेश पाचौँ र एपीएफ छैटौँ स्थानमा छ। सुदूरपश्चिमले दिएको १ सय ५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

आर्मीको जितमा कप्तान तथा ओपनर विनोद भण्डारीले शतक पूरा गरे। उनले ७५ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गर्दा शेर मल्लको बलमा क्याच आउट हुन पुगे। कुशल मल्ल २६ र अर्जुन साउद शुन्य रनमा अविजित रहे। भिम सार्की १६ रन बनाउँदा मिलन बोहोराको बलमा कट एण्ड बोल्ड हुन पुगे। तृत राज दास ५ रन बनाउँदा क्याच आउट भए। 

सुदूरपश्चिमका शेर मल्लले २ र मिलन बोहोराले एक विकेट लिए। 

त्यसअघि जनकपुरको रामजानकी बहुउदेश्यिय स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३८.१ ओभरमा १ सय ५० रन बनाउँदा अलआउट भयो। सुदूरपश्चिमका नारायण जोशीले ६३ रन बनाए। ओपनर अविशेक पलले २४ र खडक बोहोराले १३ रन बनाए। अशोक धामीले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीका बसिर अहमदले ५ विकेट लिए। उनले ९.१ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चे। साहब आलम र नरेन साउदले समान २ विकेट लिए। आकाश चन्दले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad