खेल


मध्यपूर्वको तनावले रोकिएको क्रिकेट शृंखला वैशाख दोस्रो साता, यस्तो छ खेल तालिका

मध्यपूर्वको तनावले रोकिएको क्रिकेट शृंखला वैशाख दोस्रो साता, यस्तो छ खेल तालिका

नेपालखबर
चैत २४, २०८२ मंगलबार १८:२२, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने दुई वटा शृंखलाको खेल तालिका सार्वजनिक भएको छ। 

लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा यूएई र ओमनसम्मिलित पहिलो शृंखला खेल्नेछ। यो त्रिकोणात्मक शृंखला २५ अप्रिलदेखि ५ मेसम्म चल्नेछ। 

यो शृंखलाको पहिलो खेलमा नेपालले २५ अप्रिलमा यूएईविरुद्ध खेल्नेछ। त्यस्तै, २९ अप्रिलमा ओमनसँग, १ मेमा यूएईसँग र ५ मेमा ओमानसँग खेल्ने तालिका छ। 

यसअघि मध्यपूर्वको तनावका कारण शृंखला स्थगित गरिएको थियो। यस शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

यूएई र ओमनसम्मिलित त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ। अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज १२ देखि २२ मेसम्म चल्नेछ। शृंखलाको पहिलो खेलमा नेपालले १२ मेमा स्कटल्यान्डविरुद्ध खेल्नेछ। 

दोस्रो खेलमा १६ मेमा अमेरिकासँग खेल्नेछ भने १८ मेमा स्कटल्यान्ड र अन्तिम खेलमा अमेरिकासँग २२ मेमा प्रतिस्पर्धा गर्नेछ। यो शृंखलाका सबै खेल पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। 

लिग-२ मा नेपालले २० खेल खेलिसकेको छ। जसमध्ये पाँच खेलमा जित र १३ खेलमा हार भोग्दै १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ। 

शृंखलामा १४ खेल खेलेको अमेरिका ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। २६ खेल खेलेको स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा छ। २२ खेल खेलेको ओमान २७ अंकसहित चौथो स्थानमा रहँदा २० खेलबाट १० अंक बटुलेको यूएई तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad