खेल


प्रधानमन्त्री कप एकदिवसीय : लुम्बिनीसँग नेपाल पुलिस पराजित

प्रधानमन्त्री कप एकदिवसीय : लुम्बिनीसँग नेपाल पुलिस पराजित

नेपालखबर
चैत २२, २०८२ आइतबार १७:३६, काठमाडौँ

रञ्जित खड्काको शतक मद्दतमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

आइतबार भएको खेलमा लुम्बिनीले नेपाल पुलिस क्लबलाई ५० रनले हराएको हो। 

जितसँगै लुम्बिनी प्रदेश ७ अंकमा तालिकाको चौथो स्थानमा उक्लेको छ। हारका बाबजुद पनि नेपाल पुलिस क्लब ७ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत छ। 

लुम्बिनीले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब ४२.५ ओभरमा २ सय ६ रन बनाउँदा अलआउट भयो।  पुलिस क्लबका लागि दिनेश खरेलले सर्वाधिक ९४ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले १ सय ४ बलमा १० चौका र ६ छक्का प्रहार गरे। 

सरवन यादवले ३६, दिलसाद अलीले २२ रन थपे। करण केसी १४ र शंकर राना १२ रनमा आउट भए।  पुलिस क्लबका लागि अजय चौहानले ४ तथा देव खनालले ३ विकेट लिए। विर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि विरगंजको नारायणी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी प्रदेश एक बल अगावै २ सय ५६ रन बनाउँदा अलआउट भयो। 
लुम्बिनीका ओपनर रञ्जित खड्काले सर्वाधिक १ सय २८ रनको योगदान दिए। उनले १ सय २८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। 

आकाश त्रिपाटी ३६, दर्श सोनार ३३ रनमा आउट भए। सन्तोष यादव १५ र कप्तान देव खनाल १४ रनमा आउट भए। 

पुलिस क्लबका लागि ललित राजवंशीले ३ विकेट लिए। रासिद खान र दिनेश खरेलले समान २ विकेट लिए। करण केसी, आरिफ शेख र दिपक सरेलाले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad