भारतलाई स्तब्ध पार्दै न्यूजिल्याण्ड क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ।
म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड उपाधि नजिक पुगेको हो।
न्यूजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य बनाएको भारतले ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय २१ रनमात्रै बनाउँन सक्यो ।
३० औं ओभरमा ९२–६ को नाजुक स्थितिमा रहेको भारतलाई सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दा भारत जिततर्फ अग्रसर थियो तर, ४८औं र ४९औं ओभरमा जडेजा र धोनीलाई गुमाएसँगै भारत स्तब्ध बन्यो।
जडेजाले आक्रामक पारी खेल्दै ७७ रनको पारी खेले। ४८औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने क्रममा बल माथि उठेपछि उनी केन विलियम्सनबाट क्याच हुन पुगे। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
अर्को ओभरको तेस्रो बलमा दुई रन लिनेक्रममा मार्टिन गुप्टिलले धोनीलाई रनआउट बनाएसँगै भारत जितबाट टाढा बनेको थियो। ७२ बल खेलेका धोनीले १ चौका र १ छक्कासहित ५० रन जोडे।
सुरुवाति तीन विकेट ५ रनमै गुमाएपछि भारत संकटमा परेको थियो। चौथो ओभरमा नै भारतले भारतका विराट कोहली, रोहित शर्मा र केएल राहुल समान १–१ रनमा गुमाएको थियो।
राहुल र शर्मालाई म्याट हेनरीले विकेट किपर टोन नाथनको हातबाट क्याच गराएका थिए। उनी खेलको म्यान अफ द म्याच समेत चुनिए। यस्तै ट्रेन्ट बोल्टले कोहलीलाई एलबीडब्लुको सिकार बनाए।
भारतको विकेट गुमाउँने क्रममा त्यतिमै रोकिएन्। टोलीको २४ रन हुँदा १०औं ओभरमा दिनेश कार्तिक समेत ६ रनमा आउट भएका थिए। हार्दिक पाण्ड्या ३२ रन बनाएर आउट भएपछि धोनी र जडेजाले सातौं विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आश देखाएका थिए।
तर, उनीपछिका भुवनेश्वर कुमार शुन्य र यूजभेन्द्र चाहाल ५ रनमा बोल्ड भएसँगै न्यूजिल्याण्डले खेल जित्यो।
त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो।
रोज टेलरले ७४ र केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेल्दै न्यूजिल्याण्डलाई सो स्थितिमा पुर्याएका हुन्।
त्यसबाहेक उसका हेनरी निकोलसले २८, कोलिन ग्रान्डहोमीले १६, टोम लाथनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए। त्यसबाहेक जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र यूजभेन्द्र चाहालले समान १–१ विकेट लिए।
म्यानचेस्टरमा बुधबार भइरहेको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रन बनायो।
रोज टेलरले ७४ र केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेल्दै न्यूजिल्याण्डलाई सो स्थितिमा पुर्याएका हुन्।
त्यसबाहेक उसका हेनरी निकोलसले २८, कोलिन ग्रान्डहोमीले १६, टोम लाथनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए। त्यसबाहेक जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र यूजभेन्द्र चाहालले समान १–१ विकेट लिए।
न्यूजिल्याण्डले फाइनलमा अब इंग्ल्याण्ड र अष्ट्रलियामध्ये एकसँग खेल्नेछ। यी दुबैबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ।

प्रतिक्रिया