खेल


चारचोटि च्याम्पियन बनेको इटाली लगातार तेस्रोपटक विश्वकपबाट ‘आउट’

चारचोटि च्याम्पियन बनेको इटाली लगातार तेस्रोपटक विश्वकपबाट ‘आउट’

नेपालखबर
चैत १८, २०८२ बुधबार ८:३२, काठमाडौँ

चारपटकको विश्व च्याम्पियन इटाली तेस्रोपटक फिफा विश्वकपमा छनोट हुन असफल भएको छ।

गएराति भएको युरोपियन प्लेअफको फाइनलमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा हारेपछि इटाली लगातार तेसोपटक विश्वकपमा छनोट हुन नसकेको हो। 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा इटाली ४–१ ले पराजित हुन पुग्यो। 

चारपटक च्याम्पियन बन्दै यसअघि विश्वकपमा तहल्का मच्चाएको इटाली पछिल्ला वर्ष भने विश्वकप छनोट यात्रामै संर्घष गर्नुपरिरहेको छ। 

इटाली यसअघि सन् २०१८ मा रसिया र २०२२ मा कतार विश्वकपमा पुग्न असफल भएको थियो।

२०२६ को विश्वकपमा छनोट हुन असफल भएपछि च्याम्पियन टोली इटाली लगातार तीन संस्करणको विश्वकप गुमाउने पहिलो टोली बनेको छ। 

यसअघि कुनै पनि अघिल्लो विजेताले लगातार तिन विश्वकप गुमाएका छैनन्।

चारपटकको च्याम्पियन विश्वकप दौडबाट बाहिरिँदा इटालियन फुटबलका लागि दु:खद् रात बन्यो। 

इटालीले यसअघि सन् १९३४,१९३८, १९८२ र २००६ को विश्वकप उपाधि जितेको थियो। 

बोस्निया हर्जगोभिना र ४० वर्षिय कप्तान एडिन जेको आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपका लागि छनोट भएका छन्।

बोस्निया यसअघि सन् २०१४ को विश्वकपमा पहिलोपटक छनोट भएको थियो। 

बोस्नियाले अब विश्वकपमा समूह बीमा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad