फिफा विश्वकप २०२६ आउन ७२ दिन बाँकी रहँदा घानाले प्रशिक्षक ओटो एडोलाई हटाएको छ।
सोमबार जर्मनीसँगको मैत्रीपूर्ण खेलमा २–१ ले तथा गत शुक्रबार अष्ट्रियासँगको खेलमा ५–१ ले पराजित भएपछि घानाले मुख्य प्रशिक्षक एडोलाई बर्खास्त गरेको हो।
विश्वकपमा इंंग्ल्यान्ड रहेकै समूह इ मा रहेको घानाले पछिल्ला चार खेलमा हार व्यहोरेको छ। घानामा म्यानचेष्टर सिटीका विगंर एन्टोइन सेमेन्यो, टोटनह्यामका फरवार्ड मोहम्मद कुडुस जस्ता खेलाडी रहेपनि एडोको प्रशिक्षणमा टोली अफ्रिका कप अफ नेसन्स २०२५ मा छनोट हुन असफल भएको थियो।
एडोको बर्खास्तपछि घाना फुटबल संघले ब्याक स्टार्सको नयाँ टेक्निकल डिरेक्टर राख्न छलफल भैरहेको जनाएको छ। जर्मनीमा जन्मिएका ५० वर्षिय एडोले सन् २०२४ मार्चदेखि घानाको जिम्मेवारी सम्हालेका थिए।
विश्वकप २०२६ क्यानडा, मेक्सिको र अमेरिकामा जुन ११ देखि १९ जुलाईसम्म सुरु हुँदैछ। घानाले विश्वकपको पहिलो खेलमा पानामासँग १८ जुनमा खेल्दैछ। २३ जुनमा इंग्ल्यान्डसँग र २७ जुनमा क्रोएसियासँग खेल्दैछ।
Shares

प्रतिक्रिया