ग्लोबल


फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ट्रम्पको नामबाट राख्ने छोराको घोषणा

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ट्रम्पको नामबाट राख्ने छोराको घोषणा

राष्ट्रपति बुवा ट्रम्पका साथमा छोरा एरिक


नेपालखबर
चैत १७, २०८२ मंगलबार १४:३६, काठमाडौँ

अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने भएको छ। 

राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले उक्त विमानस्थलको नामकरण आफ्ना बुवाको नामबाट गरिने घोषणा गरेका हुन्। 

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकाका राष्ट्रपति ट्रम्पको नाममा पुनः नामकरण गर्ने सहमतिमा हस्ताक्षर भइसकेको छ। 

तर यो जुलाई १ देखि औपचारिक रूपमा लागु हुने जनाइएको छ।

सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामकरण गर्न सकरात्मक भूमिका खेलेकामा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।

यद्यपि उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनको निर्णय अनुमोदन भइनसकेको जनाएको छ।

सीबीएस न्युजका अनुसार ट्रम्पको पारिवारिले गत फेब्रुअरीमा विमानस्थलको पुनः नामकरणका लागि आवेदन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad