बुद्धिचाल खेलाडी ६६ वर्षीय नवीन तण्डुकारलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार तण्डुकारलाई अवार्ड प्रदान गरिएको हो। उनलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अवार्ड प्रदान गरेका छन्।
अवार्ड ग्रहण गर्दै तण्डुकारले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्त्वपूर्ण भएको बताए। उनी २०४५ सालको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन हुन्।

त्यस्तै, राष्ट्रिय यू-८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड पाएका छन्। निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित् भइन्।
यसैगरी, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे। विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जितेका छन्।
Shares

प्रतिक्रिया