आइसीसी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारतले खराब सुरुवात गरेको छ।
फाइनलमा पुग्नका लागि न्यूजिल्याण्डबाट २ सय ४० रनको लक्ष्य पाएको भारतले ५ रन जोड्दा ३ विकेट गुमाइसकेको छ।
भारतका विराट कोहली, रोहित शर्मा र केएल राहुल समान १–१ रनमा आउट भए। राहुल र शर्मालाई म्याट हेनरीले विकेट किपर टोन नाथनको हातबाट क्याच गराए भने ट्रेन्ट बोल्टले कोहलीलाई एलबीडब्लुको सिकार बनाए।
दोस्रो ओभरको तेस्रो बलमा रोहि शर्मा, तेस्रो ओभरको चौथो बलमा विराट कोहली र चौथो ओभरको पहिलो बलमा केएल राहुलको विकेट भारतले गुमाएको थियो।
म्यानचेस्टरमा बुधबार जारी पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रन बनायो।
रोज टेलरले ७४ र केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेल्दै न्यूजिल्याण्डलाई सो स्थितिमा पुर्याएका हुन्।
त्यसबाहेक उसका हेनरी निकोलसले २८, कोलिन ग्रान्डहोमीले १६, टोम लाथनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए। त्यसबाहेक जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र यूजभेन्द्र चाहालले समान १–१ विकेट लिए।

प्रतिक्रिया