फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी क्वार्टरफाइनल खेलको पहिलो हाफ सकिँदा इंग्ल्यान्ड र नर्वेले १-१ गोलको बराबरी खेलेका छन्।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा पहिलो गोल ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।
तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका छन्।
आजै बिहान पौने सात बजेदेखि सुरु हुने अर्को क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्दैछन्।





33
Shares

प्रतिक्रिया